Nidan Media

निर्वाचन परिणामः ४० स्थानमा रास्वपाको अग्रता

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

मत परिणाम अनुसार काठमाडौँ-१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपानेको जित सुनिश्चित भएको छ।

यहाँ न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेकी छन्।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन्।

हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.