काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।
यसअघि बिहीबार प्रतितोला चार हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज एकाएक बढ्दै तोलामा नौ हजार पाँच सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला चार हजार सात सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको हो।




