सिन्धुली । सिन्धुलीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा र दूधौली नगरपालिका वडा नं १० का ३० वर्षीय यज्ञबहादुर सुनुवार छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
दूधौली नगरपालिका वडा नं १० खत्रीचोकको भित्री सडकमा सुनुहारले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



