Nidan Media

शुक्रबारदेखि नेपालमा वर्षाको सम्भावना

काठमाडौँ । माघ ९ गते शुक्रबारदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको रहेको छ ।

जल तथा मौसम विज्ञान महाशाखाका अनुसार शुत्रबार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भूभागअन्तर्गत बिहानमा विशेष गरेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए ।

उनले वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे ।

शाखाकाअनुसार माघ १३ गते मंगलबार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ ।

मंगलबार रातिदेखि बुधबारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यम खालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।

यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लामा हल्का वर्षा भएको र उच्च हिमाली भूभागमा मध्यम खालको हिमपात नभएको थियो ।

हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिन सक्ने विज्ञहरूको भनाइ छ ।

यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदुषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.