Nidan Media

उच्च बिन्दुबाट घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुन-चाँदीको भाउ घटेको छ ।

बुधबार इतिहासकै उच्च विन्दुमा पुगको सुनको भाउबाट बिहीबार तोलामा दुई हजार नौ सय र चाँदीको ५० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ बुधबार हालसम्मकै उच्च प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ पुगेको थियो । सुनको भाउ बुधबार एकै दिन तोलामा १० हजार चार सय रुपैयाँ बढेको थियो ।

यता, बुधबार हालसम्मकै उच्च प्रतितोला पाँच हजार नौ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर पाँच हजार आठ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.