पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।
निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएको र सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
निर्वाचन बहिष्कार र विभिन्न आन्दोलनको घोषणा गर्दै आएका प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको दाबी गरेका थिए।
यससम्बन्धी अडियो र भिडियो सार्वजनिक भएपछि निर्वाचन आयोगले अनुसन्धानका लागि पत्राचार गरेको थियो।
कार्यक्रमका लागि पोखरा आएका प्रसाईंलाई आयोगको पत्रका आधारमा कास्की प्रहरीले पक्राउ गरी काठमाडौँ पठाउने तयारी गरेको छ।




