Nidan Media

आधामा देउवाले गर्नुभयो, बाँकीमा गगनले हस्ताक्षर गर्नुहुन्छ, सहमतिमा उम्मेद्वार चयन गरौँ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अब सबै कांग्रेसी मिलेर चुनावमा होमिनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन आयोगले पार्टीको विधानअनुसार विशेष महाधिवेशन गरेर नेतृत्वमा पुगेका गगन थापाको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि रुष्ट शेरबहादुर देउवा पक्ष रिट बोकेर सर्वोच्च अदालत पुगेका बेलामा देउवा पक्षकै नेता विश्वकर्माले अब झगडा भन्दा पनि रूख चिन्हबाटै सबै कांग्रेसी चुनावमा होमिनु पर्ने सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आधा हस्ताक्षर शेरबहादुर देउवाले गरेको र अब बाँकी हस्ताक्षर गगन थापाले गरेर कांग्रेस एक ढिक्का भएर चुनावमा होमिनुपर्नेमा जोड दिएका हुन् । उनले कांग्रेसको विवाद यहीँबाटै समाधान हुने पनि बताए ।

प्रतिनिधि सभाको समानुपातिकमा देउवाले हस्ताक्षर गरेर निर्वाचन आयोगमा बुझाइसकेका छन् भने अब प्रत्यक्षतर्फ थापाले हस्ताक्षर गरेर बुझाएपछि समस्याको समाधान हुने उनले बताए ।

उनले लेखेका छन्, ‘हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि, आज घमण्ड त्यागन तयार बनौँ पार्टीका लागि ! झगडिया अरू कोही होइन हामी एकाघरका हौँ ।’

त्यस्तै उनले विवाद आयोग मात्रै होइन अदालत नै पुगिसकेको भन्दै अब झगडा अदालतमा छोडेर परिणाम जे आउँछ मान्न तयार बन्न पनि सबैलाई आग्रह गरेका छन् ।

आशन्न चुनावलाई ध्यानमा राखेर उनले उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

यसका लागि देउवा , गगन, पूर्णबहादुर खड्का, शेखर कोइराला एक ठाउँमा अहिलै बस्नुपर्नेमा समेत उनले जोड दिँदै भनेका छन्, ”घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।’

यस्तो लेखेका छन् विश्वकर्मालेः

आदरणीय नेताज्यू तथा साथीहरू 
जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होईन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता  गंभिर मोडमा छ !
यो अवस्थावाट मुलूकलाई जोगाऊने वलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सवैलाई आव्हान गर्यौ ! जसका कारण सवै दल निर्वाचनमा होमिएका छन !
तर मुलूकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो !
पार्टीको नियमित महाधिवेशन हुदै थियो ! विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन !  दौडन पर्ने  हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन ! 
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका वारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन !
तर प्रक्रियमा काफि विमतिका वाव्जुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ ! 
यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय,  नत चौधौ महाधिवेशन 
वाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट  आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ !
तसर्थ विवाद अव आयोग मात्रै होईन अदालत पुगिसक्यो ! अव झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार वनौ ! 
हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि 
आज घमण्ड त्यागन तयार वनौ पार्टीका लागि ! 
झगडिया अरू कोही होईन हामी एकाघरका हौ ! 
हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ ! 
हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! वांकीमा  अव गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! यसका लागि देउवा , गगन, पूर्णवहादुर,  शेखर एकठाउमा अहिलै वस्नुस  ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस ! 
त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले  उत्साह, उमंग र एकताका साथ भन्नेछन्  
“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख” 
भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!
जयनेपाल !!!!!

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.