काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३दशमलव७२ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २दशमलव५ प्रतिशतले वृद्धि भएको हो ।
विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९दशमलव५ प्रतिशत देखिएको छ ।
यसबाहेक वर्षे मकैको मूल्यसूचकाङ्क ३दशमलव८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, माछाको ३दशमलव६ प्रतिशत र अन्नबालीको ३दशमलव१ प्रतिशतले वृद्धि भएको छ ।
धान र दूधको मूल्य क्रमशः २दशमलव४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ ।
तर मसला बालीको मूल्य वृद्धिदर ०दशमलव८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ ।
फलफूल बाली र तरकारी बालीमा क्रमशः ०दशमलव८ र ०दशमलव२ प्रतिशतको मामुली वृद्धि भएको छ ।
पशु र पंक्षीको मूल्य क्रमशः १दशमलव१ र ०दशमलव७ प्रतिशतले बढेको छ ।
कार्यालयका अनुसार, यस सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको प्रवृत्ति बुझ्न सहयोग पुर्याउनेछ ।





