Nidan Media

महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि, नेपाल-थाइल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ ।

तीन ओटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।

यस छनोटबाट कुल चार राष्ट्रले आगामी जुनदेखि इङ्गल्याण्ड र वेल्समा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछ ।

सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।

नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा शुरू गर्नेछ ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेदरल्यान्ड, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.