काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात सय र चाँदीको एक सय ६० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई ७७ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ यसअघि बिहीबार प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।
यता, बिहीबार प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर शुक्रबार पाँच हजार छ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि हालसम्मकै उच्च पुस ३० मै प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको थियो ।




