Nidan Media

राष्ट्रिय लिग फुटबल आजदेखि

काठमाडौँ । आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । १७ टिमले उपाधिका लागि भिडन्त गर्नेछन् । काठमाडौँ र ललितपुरका तीन ओटा मैदानहरू (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान) मा कूल १३६ खेल सञ्चालन हुनेछन् ।

यस पटक लिगको विजेताले ५० लाख, उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अनुशासित (फेयर प्ले) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेल जितेबापत २० हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनशिप खेल्ने पाउनेछ । हरेक टोलीले कम्तीमा २३ र बढीमा ४० खेलाडी अनुवन्ध गर्न पाउने प्रावधान छ ।

लिगमा चर्च ब्वाइज युनाइटेड,  मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब,  न्यूरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब, काँक्रेविहार स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब गरी १७ टिमले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.