Nidan Media

भारतमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागीमा नेपालीसहित ६ जना बेपत्ता

काठमाडौँ । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।

आगलागीका उक्त घटनामा तीनजनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।

सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताइरहँदा आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् ।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी नौ जनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।

घटनास्थलबाट मृतकका आफन्तले यसबारे आफूहरूलाई मंगलबार बिहान खबर गरेको बताए ।

वडाध्यक्ष बुढाथोकीले घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्यतथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.