Nidan Media

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही । सर्लाहीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा रामनगर गाउँपालिका वडा नं १ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादव छन् ।

उनी रामनगर गाउँपालिकाका कार्यालय सहयोगी रहेको बताइन्छ।

सुदामा ब्यारेजमा मप्र ०३-०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।

स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रामनगर-५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँने क्रममा दुर्घटनामा परेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.