Nidan Media

ताइवानमा गयो शक्तशाली भूकम्प

ताइपेई । दक्षिणपूर्वी ताइवानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार साँझ स्थानीय समयअनुसार ५ः४७ बजे गएको भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट गरिएको छैन ।

उक्त भूकम्पको झड्का चीन, फिलिपिन्स र जापानसम्म पनि कम्पन महसुस गरिएको थियो ।

केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर थियो।

ताइवानी चिप निर्माताले भूकम्प टापुभरिका आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी शक्तिशाली नभएको बताएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.