Nidan Media

श्रीगणेशको प्रिय दिनमा तपाइँको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

मिति २०८२ पुस ८ गते मंगलबार, इस्वीसंवत डिसेम्बर २३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको तृतीया तिथि बिहानमा १०ः४२ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण भोलि बिहानमा ५ः५७ बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात २३ घटि ४४ पलासम्म त्यसपछि हर्षण योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५३ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः४१ बजे र अस्ताउने समय साँझमा ७ः१० बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ रहनेछ । आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यतित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेकोछ ।

वृषः आज पनि समय ठीक छैन । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाब बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ सजक रहनुहोला ।

मिथुनः आज समय खराब छ । राजनीति तथा समाज सेवामा  सम्मानजनक स्थान पाउन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ मने आफन्त टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरु भन्दा पछि परिने अधिक सम्भावना छ ।

कर्कटः आज समय शुभ छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्य तपाईंको कामदेखि खुशी हुनेछन् । सभा सभारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

सिंहः आज समय राम्रो छ । लामो दुरीको व्यावसायिक यात्रा हुने सम्भावना छ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्रस्थानमा तपाइँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका काममा लाभ मिल्ने समय रहेको छ । माया प्रेमको गाठो कस्सिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेको छ ।

कन्याः आज समय शुभ छैन । सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिंदा हुनै लागेको काम बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केही समय पर्खनु उचित हुनेछ ।

तुलाः आज समय शुभ छैन । छोटो तथा रमाइलो यात्रा हुने भए पनि गन्तव्यमा पुग्नुभन्दा पहिला नै विभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हँुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । आज सकभर टाढाको नगर्दा राम्रो हुनेछ ।

वृश्चिकः आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइलेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसंगमा रमाउन चाहनेका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

धनुः आज समय अत्यन्तै खराब छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । सामाजिक कार्यमा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता-सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्नेछ, सतर्क हुनुहोला ।

मकरः आज अत्यन्तै समय राम्रो रहनेछ । भौतिक वस्तुहरूको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुखमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमसम्बन्ध पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ ।

कुम्भः आज समय खराब छ । सानातिना काममा समय व्यातित हुँदा महत्वपूर्ण काम थाति रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला। काम गर्दा ख्याल गर्नुहोला नत्र काम बिग्रने तथा आलोचना गर्ने प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिनुपर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णय तपार्इंको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयुक्त हुनेछ ।

मीनः आज समय शुभ रहनेछ । औपचारिक मान सम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाज सेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पद प्रतिष्ठा कायम हुन सक्ने छ । उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हात पर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला ।

साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म रोग बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म उद्धेग बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म चर बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म लाभ बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म अमृत बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म काल बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म शुभ बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म उद्धेग बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म चर बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म लाभ बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म अमृत बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म काल बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म शुभ बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म रोग बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.