Nidan Media

सूर्यदेवको प्रिय दिनमा तपाइँको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ पुस ६ गते आइतबार, इस्वीसंवत डिसेम्बर २१ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशक्लपक्षको प्रतिपदा तिथि बिहानमा ८ः३२ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा रातिमा ३ः२९ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि २६ घटि ०४ पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः११ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ७ः५६ बजे र अस्ताउने समय साँझमा ६ः१२ बजे रहेको छ । आज विश्व ध्यान दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज सामाजिक र धार्मिक काममा तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला । दिनमा १ बजेपछि स्वास्थ्यमा एक्कासि समस्या देखिने र टाढाको यात्रामा तनाव हुने देखिन्छ । आज जे काम गर्दा पनि सतर्क हुनुहोला ।

वृषः आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैसँग पनि आग्रह पूर्वाग्रह नराखी काम गनुहोला । टाढाको यात्राले तपाईंलाई खर्चमात्रै गराउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मिथुनः आजको दिन मध्यम खालको रहनेछ । धन लाभ र नयाँ नयाँ खबरले तपाईँको मनमा खुशियाली छाउने छ । तर आर्थिक कुराले नै घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुन सक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । आज टाढाको यात्रा गर्दै हुनुहुन्छ भने झमेलामा परिनेछ ।

कर्कटः आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन तपाईंको सोचअनुसारको काम गर्दा तपाईंलाई फाइदा हुन्छ । व्यपार ब्यवसायमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । दिनमा ३ः३० पछि यात्रामा निकै चनाखो हुन आवश्यक छ । यात्राका क्रममा कसैले खानेकुरा दिएमा नखानुहोला ।

सिंहः आज बिहान भगवान श्रीरामको दर्शन गर्नुहोला । तपाईँलाई अनावश्यक विवाद हुन सक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुन सक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईँका लागि शुभ हुन सक्छ ।

कन्याः आज टाढाको यात्रा गर्नुपर्ने हुन सक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउँदा राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आज टाढाको यात्रा गर्दै हुनुहुन्छ भने विशेष सतर्क हुनुहोला ।

तुलाः आज मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थपिन सक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यपार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । धैर्यताको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ रहेको छ बिहान श्रीराम भगवानको दर्शन गर्नुहोला । मातापिताको आशिर्वादले महत्वपूर्ण कार्य सम्पादन हुनेछ ।

वृश्चिकः आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरूआत गर्नुहोला । मनमा प्रशन्नता र उत्साह बढ्नेछ । तपाईंले कुनै नयाँ कामको शुरूआतसमेत गर्न सक्नुहुनेछ । आज शुरूआत गरेको कामबाट सफलता प्राप्त हुनेछ । दिनमा १ बजेपछि तपाईँमाथि अनावश्यक आरोप लाग्न सक्छ । त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यता आवश्यक छ । खानपिनमा पनि ध्यान दिनुपर्ने ग्रहगोचर छ ।

धनुः आज परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिनेछ । आजको दिन मित्रहरूबाट असहयोग हुन सक्नेछ । तपाईँलाई कसैको साथ सहयोग नहुँदा पनि तपाईंको मनमा उर्जा प्राप्त गर्नका लागि देवालय र शिवालयको दर्शन गर्नुहोला । विदेशबाट धन प्राप्त हुने ग्रह गोचर रहेको छ ।

मकरः आजको दिन तपाईँले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहुनेछ । आफूले गरिरहेको कामबाट मान सम्मान प्राप्त हुन सक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरूलाई नसोचेको सम्मान मिल्न सक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल अर्पण गरेर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ, गर्न खोजेका काम पूर्ण हुनेछ।

कुम्भः आज मनमा अति प्रशन्नता छाउने छ । सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यपार ब्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यबाट परिवारका सदस्य समेत खुशी हुनेछन् । आज श्रीराम भगवानको दर्शन गर्नुभएमा तपाईंको मनमा निकै उत्साह छाउनेछ, परिवारमा पनि शान्ति हुनेछ ।

मीनः आज समय राम्रो छ । बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । जुनसुकै काम गर्दा पनि सफलता मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा कार्य गर्ने व्यक्तिले आजको दिन बिहान सूर्यस्तोत्र पाठ र श्रीराम भगवानको प्रार्थना गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । परिवारको सहयोगले तपाईंको उच्च प्रगति हुने देखिन्छ ।

साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४८ बजेदेखि ८ः०६ बजेसम्म उद्धेग बेला
बिहान ८ः०६ बजेदेखि ९ः२४ बजेसम्म चर बेला
बिहान ९ः२४ बजेदेखि १०ः४२ बजेसम्म लाभ बेला
बिहान १०ः४२ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
बिहानमा १२ः०० बजेदेखि १ः१८ बजेसम्म काल बेला
दिनमा १ः१८ बजेदेखि २ः३६ बजेसम्म शुभ बेला
दिनमा २ः३६ बजेदेखि ३ः५४ बजेसम्म रोग बेला
दिनमा ३ः५४ बजेदेखि ५ः१२ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१२ बजेदेखि ६ः५४ बजेसम्म चर बेला
साँझ ६ः५४ बजेदेखि ८ः३६ बजेसम्म लाभ बेला
राति ८ः३६ बजेदेखि १०ः१९ बजेसम्म अमृत बेला
राति १०ः१९ बजेदेखि १२ः०१ बजेसम्म काल बेला
राति १२ः०१ बजेदेखि १ः४३ बजेसम्म शुभ बेला
राति १ः४३ बजेदेखि ३ः२५ बजेसम्म रोग बेला
रातिमा ३ः२५ बजेदेखि ५ः०७ बजेसम्म उद्धेग बेला
रातिमा ५ः०७ बजेदेखि ०६ः४९ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.