Nidan Media

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ, जहाँ लुम्बिनी लायन्स र विराटनगर किङ्स फाइनल प्रवेशका लागि भिड्दैछन्। खेल आज अपराह्न ४:०० बजे शुरू हुनेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

यता लुम्बिनी लायन्सले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर यहाँसम्मको यात्रा तय गरेको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएकाले आजको खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आज विजयी हुने टोलीले उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको सुदूरपश्चिम रोयल्ससँग मङ्सिर २७ गते सामना गर्नेछ।

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि क्वालिफायरमा पुगेको हो ।

११२ रनको सामान्य चुनौती लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

यसअघि खेलमा टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै  १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए ।

शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए ।

काठमाडौँ लिग चरणमा तेस्रो स्थानमा रहेर तथा लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर खेलेको थियो ।

विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँ ७७ रनले पराजित हुँदै विराटनगर फाइनल पुग्न पाएको थिएन ।

विराटनगरले अर्को अवसर पाउनेछ । यता सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणमा जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूर यसपालि उपाधि नै जित्ने लयमा छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

खेलमा १५६ रनको चुनौती पछ्याएको विराटनगरले कमजोर प्रदर्शन गर्दै १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन बनायो । दोस्रो ओभरमै ३ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरका लागि फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाए । हरमित सिंह, स्कट कुग्गेल्जेन र अविनाश बोहराले समान २ विकेट लिए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो ।  ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले ५२ बलमा ६३ रन जोडे ।

त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन जोडे । मर्चेन्ट डे  लाङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए ।

लिग तालिकाको शीर्ष स्थानमा रहेर सुदूर तथा दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेलिरहेको हो । लिग चरणमा भने विराटनगरले सुदूरलाई ६ विकेटको जित हासिल गरेको थियो ।

आठ टिम सहभागी एनपीएलमा सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा रहेर लिग चरण सकाएको छ । विराटनगर रन रेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै १० अंकसहित दोस्रो स्थानमा छ ।

अब पहिलो क्वालिफायरमा सुदूर र विराटनगर खेल्नेछन् भने इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्स खेल्नेछन् । लुम्बिनी ८ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।

योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् ।  पोखरा एभेन्जर्स ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा रह्यो । कर्णाली याक्स ७ खेलमा ४ अंकसहित छैटौँ स्थानमा रहन पुग्यो ।

चितवन राइनोज ७ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रह्यो । साविक विजेता जनकपुर ७ खेलबाट २ अंकसहित पुछारमा रह्यो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.