काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला दुई लाख ५३ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ ।
सोमबार तीन सय पाँच सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर तीन हजार पाँच सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।




