काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने सहमति जुटेको छ ।
सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो ।
कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।
महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो ।
विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो ।
उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ ।




