सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर १५ गते सोमबार, इस्वीसंवत डिसेम्बर १ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको एकादशी तिथि दिनमा १२ः२४ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा रेवति रातिमा ७ः५८ बजेसम्म त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ४० घटि ०० पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २६ घटि १० पला अर्थात १० घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३८ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः०५ बजे र अस्ताउने समय रातिमा २ः१५ बजे रहेको छ । आज गीता जयन्ती, विश्व एड्स दिवस र मोक्षदा एकादशीको दिन रहेको छ ।
आजको राशिफल
मेषः आज समय निकै शुभ रहनेछ भने स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउनेछ । नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने ग्रहगोचर छ । आज दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यबाट सकारात्मक सहयोग हुनेछ । आज गरिने सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ । शुभ समयको सही सदुपयोग गर्नुभएमा उच्चतम सफलता प्राप्त गर्न सक्नुहुनेछ ।
वृषः आज समय खराब रहनेछ । शुत्रु स्थानको चन्द्रमाको प्रभावले मनमा बिना कामका चिन्ताले सताउने छ । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्ने ग्रहगोचर छ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन । आज पैसा खर्च हुने काम केही पनि नगर्नुहोला । समयमात्रै बर्वादी हुने काम पनि नगर्नुहोला । आज जे काम गर्दा पनि सतर्क हुनु अति आवश्यक छ ।
मिथुनः आज समय शुभ छ । स्वास्थ्य पनि राम्रो रहनेछ देखिन्छ । लाभका मौकाहरू उपयोग गर्नसके राम्रो हुनेछ । कसैले लगेका धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामान किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा सहयोगी भावना पलाउनेछ । शैक्षिक क्षेत्रबाट खुशीयाली छाउने र पारिवारिक मिलन हुने दिन रहेको छ ।
कर्कटः आज समय शुभ छैन । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासि खराबी आउन सक्छ, सचेत हुनुहोला । आँटेका काममा सफलता पाउन कठिन हुनेछ । सोचेका काममा विघ्नबाधा, जताबाट पनि नोक्सान मात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ । आज टाढाको यात्रा नगर्दा नै राम्रो हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा निकै सतर्क हुनुहोला ।
सिंहः आज समय शुभ छैन, स्वास्थ्य पनि भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन । नयाँ काममा धन लगानी पनि नगर्नुहोला ।
कन्याः आज समय मध्यम छ, स्वास्थ्यमा खास गड्बढी देखिने छैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछ, तर संघर्ष भने खूब गर्नुपर्नेछ । काममा पिर नगरि सक्रिय भएर काममा लागेमा अधिकतम् लाभ लिन सकिनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ तर त्यो काम गर्न धन अभाव हुनेछ । आज यातायात क्षेत्रबाट आंशिक लाभ प्राप्त हुनेछ ।
तुलाः आज समय शुभ छ । इज्जत र प्रतिष्ठा बढ्ने ठाउँमा सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिन सकिनेछ । शैक्षिक क्षेत्रबाट पुरस्कृत भइने छ । विद्यार्थीहरू परीक्षामा उत्तीर्ण हुनेछन् भने हौसला मिल्ने छ । टाढाको यात्राको सम्भावना छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । व्यापार व्यवसायबाट लाभ गर्न सकिने छ भने उच्च आहोदाका व्यक्तित्वसँग भेटघाट हुनेछ ।
वृश्चिकः आज समय शुभ छ । शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो लाभ प्राप्त हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले साथ दिनेछ । वाणीको ओज बढ्ने हुनाले बोली वचनले मान्छेलाई प्रभाव पार्न पनि सकिनेछ । परोपकार एवं समाज सेवाका काम कार्यमा पनि सरिक हुने तथा भूमिका निर्वाह गर्ने मौका मिल्न सक्नेछ ।
धनुः आज समय खराब छ । एक्कासि रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसँग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग हुनेछ । छोराछोरीसँग पनि विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासि पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।
मकरः आज समय शुभ छैन । आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति बढ्नेछ, यात्रामा बिघ्नबाधा हुनेछ । स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबढी हुन सक्नेछ । शोक पर्ने समाचार समेत सुन्नु पर्नेछ, सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ ।
कुम्भः आज समय शुभ छ । आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरू गरेका काम सम्पन्न हुनेछ । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने बिग्रने सम्भावना रहनेछ ।
मीनः आज समय खराब छ । आफ्नो काममा आफ्नै व्यक्तिले बाधा पार्नेछन । त्यसकारण तपाइँ मन अस्थिर हुन सक्ने । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ । आज कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ । आज कसैलाई धन र घरको रेखदेखको जिम्मेवारी दिँदै हुनुहुन्छ भने निकै विचार गर्नुहोला ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म अमृत बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म काल बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म शुभ बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म रोग बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म उद्धेग बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म चर बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म लाभ बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म काल बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म शुभ बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म रोग बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म उद्धेग बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म चर बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म लाभ बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म अमृत बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




