Nidan Media

बाढी र पहिरोका कारण एक सय ५३ जनाको मृत्यु

काठमाडौँ । श्रीलंकामा चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण एक सय ५३ जनाको मृत्यु भएको बताएको छ ।

विपद् व्यवस्थापन केन्द्रले शनिबार साँझ गराएको जानकारी अनुसार एक सय ९१ जना अझै बेपत्ता छन्।

धेरै जिल्लामा खोज र राहत कार्य तीब्र पारिएको केन्द्रले जनाएको छ ।

सबै जिल्लाका दुई लाख १७ हजार दुई सय ६३ परिवारका सात लाख ७४ हजार सात सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ ।

त्यहाँका २७ हजार चार सय ९४ परिवारका एक लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.