Nidan Media

नेप्से निरन्तर वृद्धि, कारोबार सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार ९दशमलव६१ अंकले बढेको नेप्से परिसूचक बिहीबार पनि १०दशमलव४३ अंकले वृद्धि हुँदै २६ सय ७६दशमलव०३ बिन्दुमा पुगेर रोकिएको छ ।

बिहीबारको बजारमा सेन्सेटिभ इन्डेक्स २दशमलव४३, फ्लोट इन्डेक्स १दशमलव१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव१९ अंकले बढेको छ ।

बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने बिहीबार कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ ।

यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो ।

यस दिन पाँच ओटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्री र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस दिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७दशमलव९८ प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

यस्तै, नागदि ग्रुप पावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्सको सेयर पनि सबैभन्दा बढी कारोबार भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.