काठमाडौँ । नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
आइतबार प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा दुई लाख ४३ हजार तीन सय रुपैयाँ पुगेको हो ।
यस्तै आइतबार प्रतितोला तीन हजार एक सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा तीन हजार एक सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।





