काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच सय र चाँदीको ६० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ म प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगको थियो ।
यता, बिहीबार प्रतितोला तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार घटेर तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।
चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ म प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो ।





