Nidan Media

कटहरीमा सारिँदै कोशी प्रदेशसभा

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश सभा सार्ने निर्णय गरेको छ। सरकारले मोरङको कटहरी गाउँपालिका वडा नं १ को तरकारी बजारस्थित संरचनामा प्रदेश सभा सार्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै स्थानीय उत्साहित भएका छन् ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम शुरू गरिएको छ ।

सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए ।

उनले भने, “सर्वदलीय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघा क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ ।”

उनका अनुसार जग्गा धनीपूर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.