Nidan Media

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पोखरा । बागलुङमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं ७ का २३ वर्षीय राजेन्द्र अदै छन् ।

दुर्घटनामा घाइते भएका चार जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रहरीका अनुसार बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग३ज ३८१९ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं ८ र ९ को सिमाना च्वावीरमा दुर्घटना भएको हो ।

जीप सडकबाट भूजीखोलामा खसेको छ ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.