Nidan Media

एकीकृत समाजवादीसँगको यात्रा टुङ्गिदै गर्दा हामी एक हिसाबले खुशी नै छौँ : रामकुमारी झाँक्री

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले समाजवादी पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुङ्गिदै गर्दा खासै दुखेसो नलागेको बताएकी छन्।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीसँगको यात्रा टुङ्गिदा एक हिसाबले खुशी नै भएको अभिव्यक्ति दिइन्।

झाँक्रीले एकीकृत समाजवादीसँगको यात्रा ‘गलत बाटो हो’ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई सुधार गर्नका लागि केही जिम्मेवारी बोकेका कारण बीचैमा छोड्न नसकेको स्पष्ट पारिन्।

उनले भनिन्, “तर आज यो यात्रा टुङ्गिएको छ। यात्रा टुङ्गिदै गर्दा हामी एक हिसाबले खुशी नै छौँ।”

उनले नेकपा एकीकृत समाजवादी पार्टी निर्माणका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथ आफूहरू लागेको भए पनि आजबाट त्यो विश्वास समाप्त भएको बताइन्।

उनले समाजवादी पार्टीसँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुङ्गिएको दाबी गरिन्।

दलभित्रका आन्तरिक लोकतन्त्र खुम्चिएको बेला जनताको भरोसालाई डोर्‍याउन सकिन्छ भन्ने विश्वासले एकीकृत समाजवादी पार्टी निर्माण गरिएको भए पनि समयले पार्टी विसर्जन गर्ने बनाएको झाँक्रीको भनाइ छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.