पोखरा । सडक भासिएपछि जोमसोम-कागबेनी पूर्णरूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड शुक्रबार बिहान भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उक्त यस स्थानमा माथिबाट लेदोसहितको पहिरो खसिरहेकाले यो बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने सूचना सम्पूर्ण यात्रुका साथै सरोकारवालामा जानकारीका लागि अनुरोध गरिएको प्रहरीले जनाएको छ ।





