काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस गर्ने हुनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीसँगको छलफलमा उनले सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील रहेको बताए ।
सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे । सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले अनलाइन पत्रकारहरूको तालिमका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले अनलाइनलगायतका सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको स्पष्ट पारे ।





