काठमाडौँ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।
तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तीन जिल्लाबाहेक बाँकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३औँ स्थापना दिवसमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन ।
उपत्यकाका तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए ।
तरुण दलले यसपाली केन्द्र र जिल्लाभरि फरक शैली अपनाएर आफ्नो स्थापना दिवस मनाउँदैछ ।
कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत सम्बोधन गरे पनि कार्यक्रममा फूल मालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी एवं केन्द्रीय सदस्यज्यलगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमिति, पार्टी प्रदेश, गाउँ/नगर पालिका प्रमुख, उपप्रमुख, निर्वाचित जनप्रतिनिधि, दलको केन्द्रीय सदस्य सहभागी हुने दलको मुख्यसचिव ठानप्रसाद पोखरेलले जानकारी दिए ।
अन्य राजनितिक दलको भातृ सङ्गठनको प्रमुखलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि त्यही अनुसार गर्ने मुख्यसचिव पोखरेलले बताए ।