Nidan Media

भालुको आक्रमणबाट टेकबहादुरको मृत्यु

काठमाडौँ । दोलखामा भालुको आक्रमणबाट बिहीबार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वैतेश्वर गाउँपालिका वडा नं ३ का ५९ वर्षीय टेकबहादुर तामाङ छन् ।

घरदेखि दुई सय मिटरको जङ्गलमा गएका तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.