काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा दुई हजार र ३५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ सोमबारको तुलनामा मंगलबार आठ हजार एक सय तथा बुधबार आठ हजार नौ सय रुपैयाँ बढेको थियो ।
यस्तै, बुधबार प्रतितोला तीन हजार दुई सय ४० रुपैयाँमा कारोवार भएको असली चाँदी बिहीबार बढेर तीन हजार दुई सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
बिहीबार कायम सुन-चाँदीको भाउ इतिहासकै उच्च हो ।