Nidan Media

टी-२० विश्वकप छनोटको निर्णायक भिडन्त: नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

पाेखरा। आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (बुधबार) नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।

सुपर सिक्समा यसअघि यूएईलाई १ रनले र कतारलाई पाँच रनले पराजित गरेको नेपालले आज ओमानलाई हराउन सकेमा सन् २०२६ को टी-२० विश्वकपका लागि छनोट हुनेछ।

विश्वकप छनोटका लागि निर्णायक मानिएको यो खेल राति ८ बजेर ४५ मिनेटमा शुरू हुनेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ गरी ६ टिममध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी-२० विश्वकप खेल्नेछन्।

हाल सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६-६ अङ्क छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

दुई अङ्क जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अङ्कबिहीन छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.