Nidan Media

आज कहाँ-कहाँ हाेला वर्षा ?

पाेखरा। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.