Nidan Media

अरिङ्गालले चिलेर तिवारीको मृत्यु

पोखरा । लमजुङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वेशीसहर नगरपालिका वडा नं ११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारी छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले चिलेर तिवारी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि बेँशीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि चितवन लगिएको थियो ।

उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.