पाेखरा। आइसीसी टी-२० आई वरीयतामा नेपालको एक स्थान बढुवा भएको छ ।
विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालकाे एक स्थान सुधार भएको हो ।
योसँगै नेपाल १८औँ स्थानबाट १७औं स्थानमा पुगेको छ ।
नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० आई शृंखला जितेको थियो ।
त्यसपछि टी-२० विश्वकप छनोटमा अपराजित नेपाल विश्वकप छनोटको नजिक पुगेको छ ।
सत्रौँ स्थानमा रहेको नेपालको १७५ रेटिङ छ । नेपालमाथि उक्लँदा अमेरिकाको वरीयता खस्किएको छ ।
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी अलराउण्डर वरीयतामा शीर्ष पाँच भित्र छन् ।
आइसीसीले ब्याटिङ, बलिङ र अलराउण्डरतर्फको नयाँ वरीयता हरेक साता बुधबार सार्वजनिक गर्दै आएको छ ।