काठमाडौँ । काठमाडौँमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा छन् ।
प्रहरीका अनुसार कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा शेर्पाले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।