Nidan Media

टी-२० विश्वकप छनोट: समूह विजेताका लागि जापानसँग नेपाल भिड्दै

पाेखरा। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ।

नेपाल र जापान दुवै टोलीले एक खेल अगावै ‘सुपर सिक्स’ मा स्थान सुरक्षित गरिसकेका छन्। बिहीबार भएको समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि यी दुईको स्थान सुनिश्चित भएको हो। नेपाल र जापानसँग पराजित भएको कुवेत भने समूह चरणबाट बाहिरिएको छ।

समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’ मा अतिरिक्त अंक लिएर जाने भएकाले आजको खेल दुवै देशका लागि महत्त्वपूर्ण छ र जित्नैपर्ने दबाब छ।

पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबल का साथ मैदानमा उत्रिनेछ।

आजै आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत आज अन्य दुई खेल पनि हुँदैछन् ।

पहिलो खेल बिहान ११:४५ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स बीच हुनेछ भने तेस्रो खेल राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनीबीच हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.