Nidan Media

अमेरिकामा संघीय कर्मचारीले सरकार खुल्ने बित्तिकै पारिश्रमिक नपाउने

पाेखरा। अमेरिकाका संघीय कर्मचारीले सरकार खुल्ने बित्तिकै पारिश्रमिक नपाउने भएका छन् । बन्दको समयमा संघीय कर्मचारीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि ट्रम्पको यस्तो अवस्था आएको हो ।

राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीले फिर्ता तलब नपाउन सक्छन् भनेका हुन् भन्ने बारेमा बताएका छैनन् ।

ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनलाई दोष दिइरहेका छन् ।

३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका थिए ।

कानून पारित हुनुअघि अमेरिकी कांग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारका लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ ।

गत हप्ता कांग्रेसले बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग सात लाख ५० हजार संघीय कामदारलाई बिदामा राख्ने अनुमान गरिएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

आवश्यक मानिएका संघीय कामदारमा हवाई ट्राफिक नियन्त्रक र कानून प्रवर्तन अधिकारी सरकार पुनः नखुलेसम्म तलव बिना काम गरिरहनेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.