Nidan Media

मुख्यमन्त्रीको निवासमा आगो लगाउने संजोक थापा पक्राउ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा लागो लगाउनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा छन् ।

असोज १२ गते राति मुख्यमन्त्रीको निवासमा आगो लगाएर उनी फरार भएका थिए । मुख्यमन्त्रीको निवास र वडा प्रहरी कार्यालय बैदा करिब १५० मिटरको दुरीमा छ ।

वडा प्रहरी कार्यालय बैदामले घटनाको अनुसन्धान गर्ने क्रममा थापाको संलग्नता पाइएपछि उनलाई पोखराबाटै पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।

राष्ट्रबैंकचोकमा रहेको मुख्यमन्त्रीको सरकारी निवासमा जेनजी प्रदर्शनका क्रममा पनि आगजनी गरिएको थियो ।

राष्ट्रबैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटीएम मेसिनसमेत तोडफोड गरेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.