Skip to main content

Nidan Media

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

तराई, उपत्यका तथा खोँचका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले स्पष्ट पारेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.