Nidan Media

रवि लामिछानेलाई ल्याउने भएपछि रुपन्देहीमा कडा सुरक्षा

रुपन्देही

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही राखिने भएपछि अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देही वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देहीमा राखिने भएको छ ।

उनलाई बिहान ५ बजे नै पोखरा विमानस्थल पुर्‍याइएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बुद्ध एयरको जहाजमार्फत ७ बजे भैरहवा प्रस्थान गर्ने भनिएपनि भैरहवाको मौसमका कारण ढिलाइ भएको छ ।

भैरहवा विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।  भिजिबिलिटी कम्तीमा १ हजार ८ सय हुनुपर्नेमा अहिले ८ सय रहेको विमानस्थलले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.