काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन सुनको भाउ तोलामा तीन हजार दुई सय र चाँदीको एक सय पाँच रुपैयाँ घटेको छ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यता, बिहीबार तीन हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार घटेर तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





