Skip to main content

Nidan Media

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा छ हजार पाँच सय र चाँदीको एक सय पाँच रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ४१ हजार चार सय रुपैयाँ कायम भएको छ।
सुनको भाउ मंगलबार प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँ रहेको थियो।

यसैगरी मंगलबार प्रतितोला तीन हजार एक सय ४५ रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.