पोखरा। पोखराको न्यूरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ घर ढिकुरपोखरीका २८ वर्षका आशिष कुँवर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग१६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भइ सडकमा पल्टिँदा कुँवर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





