Skip to main content

Nidan Media

पोखरीमा डुबेर आमा-छोरीको मृत्यु

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ।

दशैँ मनाउन माइती आएकी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो आमा-छोरी पोखरीमा नुहाइरहेका थिए। सोही क्रममा बालिका खेल्ने क्रममा पोखरीमा डुबेकी थिइन्।

छोरी डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्।

घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दशैँ मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्।

घटनाबारे सिन्धुली प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.