Skip to main content

Nidan Media

पोखराको विजयपुरबाट सात जना जुवाडे पक्राउ

पोखरा । कास्की प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-२६, विजयपुरबाट सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय aशिशुवाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.