Skip to main content

Nidan Media

आईसीसी क्रिकेट विश्वकप लिग-२ः आज ओमानसँग भिड्दै नेपाल, शीर्ष ६ मा रहन जित्नैपर्ने दबाब

काठमाडौँ। ओमानमा जारी आईसीसी विश्वकप लिग-२ एक दिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ।

अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।

नेपालका लागि आफ्नो एक दिवसीय (ओडीआई) मान्यता जोगाउन आजको खेल ‘गर या मर’ को स्थितिमा रहेको छ। लिग–२ को शीर्ष ६ भित्र पर्ने टोलीले मात्र सोझै एक दिवसीय मान्यता कायम राख्न पाउने नियम छ।

हाल अङ्क तालिकामा ३५ खेलबाट २८ अङ्कसहित नेपाल सातौँ स्थानमा छ भने ३६ खेलबाट २९ अङ्क जोडेको क्यानाडा छैटौँ स्थानमा छ। अर्कातर्फ ३० खेलबाट ३३ अङ्क बनाएको ओमान चौथो स्थानमा रहेको छ।

नेपालले आज ओमानलाई पराजित गरेमा ३० अङ्कका साथ क्यानाडालाई पछाडि पार्दै छैटौँ स्थानमा उक्लिनेछ र सोझै आफ्नो एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ। तर पराजित भएमा भने नेपालले एक दिवसीय मान्यता जोगाउनका लागि आईसीसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने बाध्यता रहनेछ।

यसअघि आफ्नो अघिल्लो खेलमा क्यानाडासँग २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा धकेलिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.