Skip to main content

Nidan Media

हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका साथै पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.