Skip to main content

Nidan Media

फ्रान्समा विद्यार्थीको प्रदर्शन हिंसात्मक, चार सय बढी प्रदर्शनकारी पक्राउ

काठमाडौँ । फ्रान्समा शिक्षा क्षेत्रको बजेट कटौती, विद्यालयको अवस्था र महँगीको विरोधमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ।

शनिबार देशभर भएका प्रदर्शनका क्रममा ४०० भन्दा बढी पक्राउ परेका छन् भने पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

लियोनमा पर्यटन कार्यालयमा आगजनी गरिएको छ भने लिल र मार्सेलीमा नगरपालिका भवनमा तोडफोड भएको छ।

प्रदर्शनमा अधिकांश युवा सहभागी छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रदर्शनको कारण आप्रवासनलाई ठहर गर्दै फ्रान्सले आफ्नो ऐतिहासिक सम्पदा जोगाउनुपर्ने टिप्पणी गरेका छन्।

यता राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसा, लुटपाट र तोडफोडमा संलग्नलाई कारबाही गर्ने बताएका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पनि शान्तिपूर्ण प्रदर्शन अधिकार भए पनि सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आक्रमण अस्वीकार्य हुने बताएका छन्।

प्रदर्शनमा सन् २०१८ को ‘येलो भेस्ट’ आन्दोलनका अभियन्ताहरूले पनि समर्थन जनाउने तयारी गरेका छन्।

उक्त आन्दोलन इन्धनको मूल्यवृद्धि र आर्थिक असमानताको विरोधमा भएको थियो। पछिल्लो प्रदर्शनले फ्रान्सको राजनीतिक संकट थप गहिरिने संकेत देखिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.